अमेरिकामा बाइडेन प्रशासनको खोप नीतिविरुद्ध सर्वोच्च अदालतको आदेश

अमेरिकामा बाइडेन प्रशासनको खोप नीतिविरुद्ध सर्वोच्च अदालतको आदेश

केन्द्रबिन्दु
0
Shares

अमेरिकी राष्ट्रपति जो बाइडेनको खोप नीतिमाथि अमेरिकी सर्वोच्च अदालतले रोक लगाएको छ। ठूला कम्पनीका कर्मचारीले खोप लगाउनुपर्ने र साप्ताहिक रूपमा आफ्नै खर्चमा कोभिड परीक्षण गर्नुपर्ने भन्ने राष्ट्रपति बाइडेनको नीतिलाई सर्वोच्चले रोक लगाएको हो। 

कम्तीमा एक सय कर्मचारी रहेका कार्यालयमा साे नियम लागू गर्न बाइडेन प्रशासनले सम्बन्धित कार्यालयहरुलाई निर्देशन जारी गरेको थियो। सरकारको सो निर्देशनमा करिव आठ करोड ४० लाख कर्मचारी समेटिन्थे।

सो नीति सरकारको क्षेत्राधिकार बाहिर भएको अदालतले ठहर गरेकाे छ। सर्वोच्चका नौ न्यायाधीशमध्ये ६ जनाले राष्ट्रपतिकाे नीतिविरुद्ध फैसला गरेका थिए।

पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले अदालतको आदेशको स्वागत गर्दै खोप अनिवार्य लगाउनुपर्ने नीतिले अर्थतन्त्रलाई क्षति पुर्याउने बताएका छन् । ‘सर्वोच्चको पछिल्लो फैसलाको हामी सम्मान गर्छौं।’ 

सरकारी स्वास्थ्यकर्मीलाई खोप अनिवार्य लगाउने बाइडेन प्रशासनको नीतिलाई भने अदालतले स्वीकृत जनाएको छ।एजेन्सी

Logo