तालिबानकाे पहिलो बजेट सार्वजनिक

तालिबानकाे पहिलो बजेट सार्वजनिक

केन्द्रबिन्दु
0
Shares

तालिबानले अगस्टमा सत्तापलट गरेपछि पहिलो पटक बजेट सार्वजनिक गरेको छ। तर, बजेटमा विदेशी सहयोगबारे केही उल्लेख गरिएको छैन। 

सरकारले बुधबार सन् २०२२ को पहिलो चौमासिक खर्च ५३ अर्ब ९० करोड अफगानी  (५० करोड ८० लाख डलर) अनुमोदन गरेको हो। सम्पूर्ण  खर्च सरकारी संस्थाहरुबाट बेहोर्ने जनाएको छ। महिनौंदेखि तलब नपाएका कर्मचारीहरुले जनवरीको अन्त्यदेखि तलब पाउने प्रवक्ता हक्मालले बताए। त्यस्तै, तालिवान सत्तामा आएपछि कार्यालय जान नपाएका महिला कर्मचारीलाई पनि तलब दिइने उनले बताएका छन्।

अफगानिस्तानको कूल ग्राहस्थ उत्पादनमा ४० प्रतिशत अन्तर्राष्ट्रिय सहयोगमा निर्भर रहेको थियो । यसअघि तालिवान सत्तामा आउनुअघिका सरकारले सार्वजनिक गर्ने बजेटको ८० प्रतिशत स्रोत विदेशी सहयोग हुने गर्थ्याे । तर, तालिवान सत्तामा आएसँगै पश्चिमा देशहरुले अर्बौं डलर सहयोग रोक्का गरिदिएका छन्। अन्तर्राष्ट्रिय सहयोग रोक्का भएपछि अफगानिस्तानमा आर्थिक संकट चुलिएको राष्ट्रसंघले बताउँदै आएको छ। 

‘पछिल्लो दुई दशकमा पहिलो पटक हामीले विदेशी सहयोगमा निर्भर नहुने गरी बजेट घोषणा गरेका छौं, जुन हाम्रा लागि ठूलो उपलब्धी हो,’ तालिवान सरकारका अर्थ मन्त्रालयका प्रवक्ता अहमद वाली हक्मालले भने।एजेन्सी

Logo