इतिहासमा आजः सुरक्षा परिषद्को पहिलो बैठक, जापानमा विनाशकारी भूकम्प

इतिहासमा आजः सुरक्षा परिषद्को पहिलो बैठक, जापानमा विनाशकारी भूकम्प

केन्द्रबिन्दु
0
Shares

आज १७ जनवरी। आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए। प्रस्तुत छ इतिहासमा आज भएका केही घटनाक्रमः

जापानको विनाशकारी भूकम्प
सन् १९९५ को १७ जनवरीमा जापानमा शक्तिशाली भूकम्प गएको थियो। भूकम्पले जापानको कोबी सहर प्रभावित भएको थियो। ६ दशमलव ९ म्याग्निच्युडको सो भूकम्पका कारण ६ हजार ४३४ जनाको मृत्यु भएको थियो भने सयौं घाइते भएका थिए। भूकम्पले दुई सय अर्ब डलर क्षति पुगेको थियो।

सुरक्षा परिषद्को पहिलो बैठक
सन् १९४६ मा राष्ट्रसंघको सुरक्षा परिषद्को पहिलो बैठक बसेको थियो। सुरक्षा परिषद् राष्ट्रसंघको महत्वपूर्ण निकाय हो। परिषद्ले अन्तर्राष्ट्रिय सुरक्षा र शान्ति कायम गर्छ।

डेनमार्कसँग अमेरिकाले किनेका तीन टापु
सन् १९१७ मा अमेरिकाले डेनमार्कबाट तीन वटा अलग अलग भूमि किनेको थियो। अमेरिकाले किनेका तीन वटा भर्जिन टापुहरुमा सेन्ट थोमस, सेन्ट जोन र सेन्ट क्रोइक्स हुन्। यी सबै टापु अमेरिकाले दुई करोड ५० लाख डलरमा किनेको थियो।एजेन्सी

Logo