एकै दिनमा विश्वभर १९ लाख कोरोना संक्रमित थपिए

एकै दिनमा विश्वभर १९ लाख कोरोना संक्रमित थपिए

केन्द्रबिन्दु
0
Shares

पछिल्लो २४ घण्टामा विश्वभर १९ लाख २२ हजार कोरोना संक्रमित थपिएका छन्। थपिनेमा अमेरिकामा २ लाख ७९ हजार, फ्रान्समा २ लाख ७८ हजार, इटालीमा एक लाख ४९ हजार, अष्ट्रेलियामा ८६ हजार र बेलायतमा ७० हजार छन्।

यही अवधिमा ९ लाख ८५ हजार जना संक्रमणमुक्त भएका छन्। निकाे हुनेमा अर्जेन्टिनामा एक लाख ३ हजार, ब्राजिलमा ८९ हजार, इटलीमा ७९ हजार, टर्कीमा ६८ हजार, कम्बोडियामा ३४ हजार, अमेरिकामा ३१ हजार, फ्रान्समा ३० हजार र रुसमा २२ हजार रहेका छन्।

त्यसैगरी एक दिनमा ३ हजार ९५७ जना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा रुसमा ६८६,अमेरिकामा ३२२, इटलीमा २४८, फ्रान्समा ९८, ब्राजिलमा ९२ र बेलायतमा ८८ जना छन्।

Logo