अफगानानिस्तानमा ५ दशमलब ९ म्याग्निच्युडको भूकम्प, २६ जनाको मृत्यु

अफगानानिस्तानमा ५ दशमलब ९ म्याग्निच्युडको भूकम्प, २६ जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

अफगानिस्तानमा आएको शक्तिशाली भूकम्पमा परेर कम्तिमा २६ जनाको मृत्यु भएको छ। पश्चिमी अफगानिस्तानमा ५ दशमलब ९ म्याग्निच्युडको भूकम्प जाँदा अन्य दर्जनौं घाइते भएका छन्। भूकम्पबाट बादघिज प्रान्तको क्वादिस जिल्ला सबैभन्दा बढी प्रभावित छ। 

घर भत्किएर पुरिँदा अधिकांश व्यक्तिको मृत्यु भएको हो। ‘पाँच महिला, चार बालबालिकासहित २६ जनाको मृत्यु भएको छ,’ बादघिज प्रान्तका प्रवक्ता बाज मोहमदा सरवारेले भने । 

भूकम्पबाट सोही प्रान्तको मुक्र जिल्ला पनि प्रभावित भएको प्राप्त विवरणहरुमा जनाइएको छ। भूकम्पले पुर्याएको क्षतिको विस्तृत विवरण सार्वजनिक हुन बाँकी छ। 

यसअघि नै आर्थिक संकटको सामना गरेको अफगानिस्तानमा भूकम्पका कारण थप संकट निम्तिएको बताइएको छ।

क्वादिस जिल्ला यसअघि पनि खडेरीका कारण प्रभावित भएको थियो। भूकम्पको असर पाकिस्तान र भारतसम्म महशुस गरिएको थियो।एजेन्सी

Logo