भारतमा कोभिडः पछिल्लो २४ घन्टामा २ लाख ५८ हजारमा संक्रमण, ३८५ जनाको मृत्यु

भारतमा कोभिडः पछिल्लो २४ घन्टामा २ लाख ५८ हजारमा संक्रमण, ३८५ जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

भारतमा कोभिड १९ का कारण पछिल्लो २४ घन्टामा ३८५ जनाको मृत्यु भएको छ। ओमिक्रोन भेरियन्ट फैलिएसँगै भारतमा कोभिड महामारी दिनहुँ बढिरहेको छ। 

त्यस्तै, पछिल्लो २४ घन्टामा २ लाख ५८ हजारमा संक्रमण देखिएको छ। पछिल्लो समय कोभिडबाट स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, पत्रकारलगायत अग्रमोर्चामा खटिएका व्यक्ति प्रभावित हुन थालेका छन्। मुम्बईमा एकै दिन ३५ सुरक्षाकर्मीमा कोभिड देखिएको छ।

कोभिडबाट विभिन्न राज्य प्रभावित छन्। महाराष्ट्र, केरला र नयाँ दिल्लीमा संक्रमण दर तीव्र फैलिएको छ। 

Logo