भारतको अरुणाञ्चल प्रदेशमा भूकम्प, क्षतिको विवरण सार्वजनिक हुन बाँकी

भारतको अरुणाञ्चल प्रदेशमा भूकम्प, क्षतिको विवरण सार्वजनिक हुन बाँकी

केन्द्रबिन्दु
0
Shares

भारतकाे अरुणाञ्चल प्रदेशमा भूकम्प गएको छ। अरुणाञ्चल प्रदेशको बसारमा मंगलबार बिहान ४ दशमलब ९ म्याग्निच्युडकाे भूकम्प गएको भारतको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। 

केन्द्रका अनुसार बसारको उत्तरपश्चिम केन्द्रबिन्दु रहेको सो भूकम्पको गहिराई १० किलोमिटर रहेको थियो । भूकम्पले पुर्‍याएको क्षतिको विवरण सार्वजनिक भइसकेको छैन। 

भूकम्प गएपछि स्थानीय मानिसहरू घरबाहिर निस्किएका थिए। भूकम्प अरुणाञ्चल प्रदेशका अन्य जिल्लामा पनि महशुस गरिएको थियो।

यसअघि पश्चिम अफगानिस्तानमा भूकम्प जाँदा कम्तिमा २६ जनाकाे मृत्यु भएकाे थियाे।

Logo