आप्रवासी चढेको डुंगा डुब्दा ४३ जनाको मृत्यु

आप्रवासी चढेको डुंगा डुब्दा ४३ जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

दक्षिणी मोरक्कोमा आप्रवासी बोकेको डुंगा दुर्घटना हुँदा कम्तिमा ४३ आप्रवासीको मृत्यु भएको छ। दुर्घटनामा महिला र केही बालबालिका पनि रहेका छन् । डुंगा डुब्दा पल्टिएका १० जनाको उद्दार गरिएको छ। दुर्घटनापछि डुबेका मानिसहरुले सहयोगका लागि याचना गर्दै चिच्याएका थिए।

‘दुर्घटनास्थल पत्ता लगाउन स्थानीय र उद्दारकर्तालाई केही समय लागेको थियो,’ क्यामिनाडो फ्रन्टिनर्सले एक विज्ञप्तिमा भनेको छ। 

फ्रन्टिनर्सले डुंगा दुर्घटनामा मारिएका व्यक्तिको तथ्यांक संकलन गर्दै आएको छ। ४३ मध्ये दुई जनाको शव फेला परेको सो संगठनले जनाएको छ। ती आप्रवासी मोरक्को हुँदै स्पेनको क्यानरी टापुतर्फ जाँदै थिए ।एजेन्सी

Logo