फ्रान्समा कोरोना संक्रमितकाे संख्या अहिलेसम्मकै बढी, एकै दिन ४ लाख ६४ हजार संक्रमित

फ्रान्समा कोरोना संक्रमितकाे संख्या अहिलेसम्मकै बढी, एकै दिन ४ लाख ६४ हजार संक्रमित

केन्द्रबिन्दु
0
Shares

फ्रान्समा एकै दिन ठूलो संख्यामा कोरोना सङ्क्रमित भेटिएका छन्। पछिल्लो केही दिनयता युरोपेली देशहरु मध्येकै सबैभन्दा बढी सङ्क्रमित फेला पर्दै आएको फ्रान्समा पछिल्लो २४ घन्टामा ४ लाखभन्दा बढीमा सङ्क्रमित देखिएका हुन्।

फ्रान्सका सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार यहाँ गएको २४ घन्टामा कम्तीमा पनि ४ लाख ६४ हजार ७७९ जनामा यो संक्रमण देखिएको हो। फ्रान्समा कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन  फैलिएसँगै सङ्क्रमितको संख्या दैनिक बढिरहेको अधिकरीहरुको भनाइ छ। यहाँका स्वास्थ्य मन्त्रीले अहिले करिब चार हजार जना सङ्क्रमित आइसियुमा भर्ना भएका जानकारी दिएका छन्।

यहाँका अस्पतालका करिब ७० प्रतिशत बेडहरु कोभिडका बिरामीले भरिएका पनि जानकारी दिइएको छ। फ्रान्समा पछिल्लो समयमा दिन प्रतिदिन कोभिडका सङ्क्रमित बढेका छन्। फ्रान्सबाहेक अन्य युरोपेली मुलुकहरू बेलायत, इटाली, ग्रीस, पोर्चुगल लगायतमा पनि अहिलेसम्मकै उच्च संख्यामा सङ्क्रमित भेटिएका छन्।

युरोपमा खासगरी क्रिसमस बिदा र नयाँ वर्षको पूर्वसन्ध्यामा मानिसको जमघट बढेकाले कोरोना तीव्ररूपमा फैलिएको बताइएको छ।

Logo