अमेरिकामा महिलाहरूकाे विशाल प्रदर्शन, भियतनाम युद्धमा ५०० अमेरिकी समुद्री सेनाको मृत्यु

अमेरिकामा महिलाहरूकाे विशाल प्रदर्शन, भियतनाम युद्धमा ५०० अमेरिकी समुद्री सेनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

आज २१ जनवरी। आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ इतिहासमा आज भएका केही घटनाक्रमः

क्युबा भ्रमण गर्ने पहिलो क्रिश्चियन धर्मगुरु
सन् १९९८ को २१ जनवरीमा क्रिश्चियन धर्मगुरु पोप जोन पल द्वितीयले पहिलो पटक क्युबाको भ्रमण गरेका थिए । उनी क्युबा गर्ने पहिलो पोप हुन् ।

अमेरिकामा महिलाहरूकाे विशाल प्रदर्शन
लैंगिक समानता, नागरिक अधिकार माग गर्दै सन् २०१७ को २१ जनवरीमा अमेरिकामा देशव्यापी विशाल प्रदर्शन भएका थिए। सो प्रदर्शन अमेरिकी इतिहासमै अहिलेसम्मकै ठूलो बताइएको छ । प्रदर्शनले नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई महिलाका पक्षमा नीतिगत निर्णय गर्न ठूलो दबाब दिएको थियो।

भियतनाम युद्ध
सन् १९६८ को २१ जनवरीमा भियतनाममा ठूलो युद्ध भएको थियो, जसलाई इतिहासमा खे सान युद्धका नाममा चिनिन्छ। यो भियतनामको इतिहासमै निकै प्रचार गरिएको युद्ध मानिन्छ । युद्धमा ५०० अमेरिकी समुद्री सेनाको मृत्यु भएको थियो।एजेन्सी

Logo