अस्ट्रेलियामा खोप नलगाउनेलाई ३६ सय डलर जरिवाना

अस्ट्रेलियामा खोप नलगाउनेलाई ३६ सय डलर जरिवाना

केन्द्रबिन्दु
0
Shares

अस्ट्रेलिया सरकारले खोप नलगाउने व्यक्तिलाई तीन हजार ६०० डलर जरिवाना लगाउने भएको छ। 

सबै नागरिकलाई खोप लगाउने नीति अनुसार सरकारले यही १ फेब्रुबरीदेखि लागू हुने गरी नयाँ नियम ल्याउन लागेको हो। अहिलेसम्म ७२ प्रतिशत अस्ट्रेलियालीले कोभिडविरुद्ध पूर्ण खोप लगाएका छन्।

सबै नागरिकले अनिवार्य खोप लगाउनुपर्ने विद्येयक तल्लो सदनबाट पारित भइसकेको छ। माथिल्लो सदनबाट पारित भएपछि राष्ट्रपतिले हस्ताक्षर गरेपछि विद्येयकले कानूनको रुप लिनेछ। 

खोप आदेश सन् २०२४ को जनवरीसम्म लागू हुनेछ। त्यसका लागि सरकारले एक अर्ब ४० करोड डलर खर्च लाग्नेछ। 

Logo