इतिहासमा आजः पहिलो हिउँदे ओलम्पिकदेखि लिग अफ नेसन्सको स्थापनासम्म

इतिहासमा आजः पहिलो हिउँदे ओलम्पिकदेखि लिग अफ नेसन्सको स्थापनासम्म

केन्द्रबिन्दु
0
Shares

आज २५ जनवरी। आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए। प्रस्तुत छ इतिहासमा आज भएका केही घटनाक्रमः

पहिलो सौर्य उर्जाको भट्टी खुल्ला
सन् १९७७ मा विश्वको पहिलो सौर्य उर्जाको भट्टी खुल्ला गरिएको थियो। फ्रान्सकाे ओडेइलिमा स्थापना गरिएको सो भट्टीले पहिलो पटक वैकल्पिक उर्जा दिएको थियो।

युगान्डामा तानाशाह इदी अमिनको उदय
सन् १९७१ मा युगान्डाका तानशाह इदी अमिनले शक्ति हत्याएका थिए। सन् १९७१ देखि १९७९ सम्म सत्ता हत्याएका एमिनको शासनकालमा मानवअधिकार उल्लंघन, राजनीतिक दमन र भ्रष्टाचार भएको थियो।

पहिलो हिउँदे ओलम्पिक
सन् १९२४ मा पहिलो हिउँदे ओलम्पिक सुरु भएको थियो। पहिलो हिउँदे ओलम्पिक फ्रान्सको च्यामोनिक्समा २५ जनवरीमा सुरु भएको थियो।

लिग अफ नेसन्सको स्थापना
सन् १९१९ मा लिग अफ  नेसन्स स्थापना भएको थियो । लिग अफ नेसन्स राष्ट्रसंघ स्थापना हुनुअघिको अन्तर्राष्ट्रिय संगठन हो । विश्वमा शान्ति र सद्भाव कायम गर्ने उदेश्यले लिग अफ नेसन्स स्थापना भएको थियो । पछि लिग अफ नेसन्सको जगमा अडेर राष्ट्रसंघ स्थापना भएको थियो।एजेन्सी

Logo