इतिहासमा आज : गुजरातको विनाशकारी भूकम्प, क्लिन्टन–मोनिका सम्बन्ध

इतिहासमा आज : गुजरातको विनाशकारी भूकम्प, क्लिन्टन–मोनिका सम्बन्ध

केन्द्रबिन्दु
0
Shares

आज २६ जनवरी। आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए। प्रस्तुत छ इतिहासमा आज भएका केही घटनाक्रमः

गुजरातको विनाशकारी भूकम्प
आज अर्थात २६ जनवरीमा भारतको गुजरात राज्यमा विनाशकारी भूकम्प गएको थियो। भूकम्पमा २० हजार जनाको ज्यान जानुका साथै एक लाख ६० हजार जना घाइते भएका थिए। गुजरात भूकम्पका कारण अर्बौंको क्षति भएको थियो। 

क्लिन्टन–मोनिका सम्बन्ध
सन् १९९८ अमेरिकाका पूर्वराष्ट्रपति बिल क्लिन्टनमाथि आफ्नै कार्यालयकी कर्मचारी मोनिका लेवेन्स्कीले यौन दुर्व्यवहारको आरोप लगाएकी थिइन्। २६ जनवरीमा क्लिन्टनले एक विज्ञप्ति सार्वजनिक गरेर आफूमाथि लगाइएका आरोप निराधार भएको दाबी गरेका थिए। तर, क्लिन्टनको भुटो  विवरण लामो समय टिक्न सकेन। सोही वर्षको १७ अगस्टमा क्लिन्टनले मोनिकासँग आफ्नो अनुचित सम्बन्ध रहेको स्वीकारेका थिए।

भारतमा गणतन्त्र दिवस 
विश्वकै दोस्रो ठूलो जनसंख्या भएको देश भारत सन् १९५० मा स्वतन्त्र भएको थियो । २६ जनवरीदेखि भारतको संविधान कार्यान्वयनमा आएको थियो। आजकै दिन भारतले गणतन्त्र दिवस मनाउँछ।

अफ्रिकामा अहिलेसम्मकै ठूलो डायमन्ड फेला परेको दिन
सन् १९०५ मा विश्वकै सबैभन्दा ठूलो हिरा दक्षिण अफ्रिकामा फेला परेको थियो। ३१०६ दशमलब ७५ क्यारेटको सो डायमन्डको मूल्य दुई अर्ब अमेरिकी डलर भएको अनुमान गरिएको थियो।

अस्ट्रेलिया बस्ने पहिलो युरोपेली टोली
सन् १९७८ देखि अस्ट्रेलियामा पहिलो पटक युरोपेली बस्न सुरु गरेका थिए। जसअन्तर्गत २६ जनवरीमा ब्रिटीशको पहिलो टोली सिड्नी वन्दरगाहमा बस्न थालेको थियो।एजेन्सी

Logo