इतिहासमा आजः आणविक हतियारसम्बन्धि तीन देशबीच सन्धि, भियतनाम युद्ध अन्त्य

इतिहासमा आजः आणविक हतियारसम्बन्धि तीन देशबीच सन्धि, भियतनाम युद्ध अन्त्य

केन्द्रबिन्दु
0
Shares

आज २७ जनवरी। आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ इतिहासमा आज भएका केही घटनाक्रमः

आणविक हतियारसम्बन्धि सन्धि तीन देशबीच सन्धि
सन् १९६७ मा अमेरिका, बेलायत र सोभियत युनियनबीच आणविक हतियारबारे एउटा महत्वपूर्ण सन्धि भएको थियो । सन्धिले  अन्तरिक्षको बाहिरी सतहमा आणविक हतियार परिचालन गर्न रोक लगाएको थियो ।

तीन अन्तरिक्ष यात्रीको मृत्यु
सन् १९६७ को २७ जनवरीमा अन्तरिक्ष अभियान एपोलो १ मिसनको तयारीमा रहेका तीन जना अन्तरिक्ष यात्रीको जलेर मृत्यु भएको थियो। उनीहरुलाई बोकेको यानमा अकस्मात प्राविधिक समस्या देखिएपछि आगो लागेको थियो। सो घटनाले नासाको लुनार अवतरण कार्यक्रमलाई झट्का लागेको थियो।

रुसी फौजद्वारा अस्चिविज स्वतन्त्र
सन् १९४५ मा रुसी फौजले विश्वयुद्धमा नाजीले हत्या गरेको कुख्यात ठाउँ अस्चिविजललाई स्वतन्त्रत गरेको थियो। पोल्यान्डको अस्चिविजनजिक क्याप खडा गरेर जर्मनीको तत्कालीन नाजी शासकले ११ लाख मानिसको हत्या गरेको थियो।

भियतनाम युद्ध अन्त्य
सन् १९७३ को २७ जनवरीमा भियतनाम युद्ध समाप्त भएको थियो । फ्रान्सको राजधानी पेरिसमा भएको सन्धिपछि अमेरिकाले भियतनाम युद्ध अन्त्य गरेको घोषणा भएको थियो। भियतनाम युद्धमा हजारौंको मृत्यु भएको थियो ।एजेन्सी

Logo