गुगलका सीइओ सुन्दर पिचाईसहित ६ जनाविरुद्ध मुद्दा

गुगलका सीइओ सुन्दर पिचाईसहित ६ जनाविरुद्ध मुद्दा

केन्द्रबिन्दु
0
Shares

मुम्बई प्रहरीले गुगलका सीइओ सुन्दर पिचाईसहित कम्पनीका ६ जनाविरुद्ध प्रतिलिपि अधिकार ऐन उल्लंघनको मुद्दा दायर गरेको छ। 

‘अदालतको आदेशमा गुगलका सीइओ सुन्दर पिचाई र कम्पनीका अन्य पाँच जना अधिकारीविरुद्ध प्रतिलिपि अधिकार ऐन उल्लंघनको आरोपमा मुद्दा दायर गरिएको छ,’ मुम्बई प्रहरीले भनेको छ।

भारतीय समाचार एजेन्सी एनडीटीभीका अनुसार फिल्म निर्देशक सुनिल दर्शनले दिएको उजुरीका आधारमा मुम्बई प्रहरीले मुद्दा हालेको हो। गुगलले आफ्नो अनुमतिबिना नै अनधिकृत व्यक्तिलाई ‘एक हसिना थी एक दिवाना थी’ फिल्म युट्युबमा राख्न अनुमति दिएको दर्शनको उजुरीमा उल्लेख छ।

भारतीय मूलका अमेरिकी पिचाई भारतको ७३ औं गणतन्त्र दिवसको अवसरमा बुधबार पद्म भूषणबाट सम्मानित भएका थिए।एजेन्सी

Logo