भारतमा थपिए २ लाख ८६ हजार संक्रमित, ५७३ जनाको मृत्यु

भारतमा थपिए २ लाख ८६ हजार संक्रमित, ५७३ जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

भारतमा कोरोनाको तेस्रो लहरमा दैनिक संक्रमितको संख्या बढिरहेको छ। भारतीय स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा २ लाख ८६ हजार ३८४ जनामा ​​कोरोना संक्रमण पुष्टि भएको छ भने ५७३ जनाको मृत्यु भएको छ।

भारतमा दैनिक संक्रमित दर परीक्षण गरिएको संख्याको १९.५९ प्रतिशत रहेको छ। त्यहाँ एकैदिन ३ लाख ६ हजार ३५७ जना कोरोना संक्रमणबाट निको भएको मन्त्रालयले जनाएको छ। योसँगै भारतमा सक्रिय संक्रमितको कुल संख्या २२ लाख नाघेको छ।

हालसम्म कोरोना संक्रमणबाट कूल ४ लाख ९१ हजार ७०० जनाको मृत्यु भएको छ।

Logo