भारतमा एकैदिन थपिए २ लाख ५१ हजार संक्रमित, ६२७ जनाको मृत्यु

भारतमा एकैदिन थपिए २ लाख ५१ हजार संक्रमित, ६२७ जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

भारतमा कोरोनाको तेस्रो लहरमा दैनिक संक्रमितको संख्या बढिरहेको छ। भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ लाख ५१ हजार २०९ जनामा ​​कोरोना संक्रमण पुष्टि भएको छ भने ६२७ जनाको मृत्यु भएको छ।

भारतमा दैनिक संक्रमितदर परीक्षण गरिएको संख्याको १५.८८ प्रतिशत रहेको छ। त्यस्तै भारतमा एकैदिन ३ लाख ४७ हजार ४४३ जना कोरोना संक्रमणबाट निको भएका छन्। योसँगै भारतमा सक्रिय कोरोना संक्रमितको कुल संख्या २१ लाख रहेको छ।

हालसम्म कोरोना संक्रमणबाट कूल ४ लाख ९२ हजार ३२७ जनाको मृत्यु भएको त्यहाँकाे स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।एजेन्सी

Logo