अफगानिस्तानमा मानवअधिकार उल्लङ्घनप्रति संयुक्त राष्ट्रसंघको चिन्ता

अफगानिस्तानमा मानवअधिकार उल्लङ्घनप्रति संयुक्त राष्ट्रसंघको चिन्ता

केन्द्रबिन्दु
0
Shares

संयुक्त राष्ट्र सहायता नियोग (UNAMA) ले अफगानिस्तानमा मानवअधिकार उल्लङ्घनका घटनाहरूप्रति गहिरो चिन्ता व्यक्त गरेको छ।

अफगानिस्तानको आन्तरिक मामिला मन्त्रालयमा तालिवान अधिकारीहरूसँगको भेटमा युनामा मानवअधिकारले अफगानिस्तानमा यस्ता घटनाहरूको अनुसन्धान, पारदर्शिता र जवाफदेहिताको आवश्यकता रहेको बताएको छ। "UNAMA मानव अधिकारले आज @moiafghanistan मा तालिवान अधिकारीहरूसँग भेट गर्यो।“ ट्वीटमा लेखिएको छ।

मानवअधिकार उल्लङ्घनका कथित मुद्दाहरू र पूर्व ANSF/ सरकारी सदस्यहरू, नागरिक समाज, मिडिया, न्यायपालिका, धार्मिक धर्मगुरुहरू र महिला कार्यकर्ताहरूका सरोकारहरूबारे छलफल गरियो। छानबिन, पारदर्शिता चाहिन्छ, ट्वीटमा जनाइएको छ।

अफगानिस्तानमा २०२१ को शुरुदेखि जुलाई २०२१ सम्म कम्तिमा ३० पत्रकार र सञ्चारकर्मीको हत्या, हातपात र घाइते भएका छन् र तीमध्ये धेरैलाई सरकारी अधिकारीहरूले धम्की दिएको अफगानिस्तानको गैरनाफा नाइको प्रतिवेदनमा उल्लेख गरिएको छ। त्यसैगरी गत नोभेम्बरमा अफगानिस्तानको उत्तरी बाल्ख प्रान्तको मजार-ए-शरीफ शहरमा चार महिला कार्यकर्ताको हत्या भएको थियो ।

तालिबानको सत्ता कब्जापछि महिलाविरुद्ध विभिन्न हिंसाका घटनाहरू बढेका छन्। विश्वभरिबाट बारम्बार आह्वान गरिए पनि तालिबानले महिला सुरक्षा र समावेशी सरकारको आश्वासनमा आफ्ना वाचाहरू पूरा गर्न असफल भएको छ।एजेन्सी

Logo