सन् २०२१ मा स्पेनको अर्थतन्त्र पाँच प्रतिशतले वृद्धि

सन् २०२१ मा स्पेनको अर्थतन्त्र पाँच प्रतिशतले वृद्धि

केन्द्रबिन्दु
0
Shares

स्पेनको अर्थतन्त्र सन् २०२१ मा पाँच प्रतिशतले वृद्धि भएको छ। सरकारको एक वर्षअघिको लक्ष्यभन्दा यो वृद्धि केही तल देखिए पनि यसलाई राष्ट्रिय तथ्याङ्क कार्यालयले सन्तोषजनक भनेको छ। 

सरकारले सन् २०२१ मा कूल ग्रार्हस्थ उत्पादन ६.५ प्रतिशतले वृद्धि हुने अनुमान गरेको थियो । यद्यपि पाँच प्रतिशतको वृद्धि पनि यूरोजोनको सबैभन्दा खराब नतिजामध्ये एकमा परेको स्पेनका लागि सन्तोषजनक मानिएको हो। 

सन् २०२० मा स्पेनको कूल ग्रार्हस्थ उत्पादन अघिल्लो बर्ष (सन् २०१९)काे तुलनामा झन्डै ११ प्रतिशतले घटेको थियो । 

Logo