अफगानिस्तानमा तालिवानको सत्तापलटपछि बन्द विद्यालय ६ महिनापछि खुल्दै

अफगानिस्तानमा तालिवानको सत्तापलटपछि बन्द विद्यालय ६ महिनापछि खुल्दै

केन्द्रबिन्दु
0
Shares

अगस्टमा तालिवानले सत्ता कब्जा गरेपछि बन्द भएका सार्वजनिक विद्यालय फेब्रुवरीदेखि फेरि खुल्ने भएका छन्।

तालिवानका कार्यवाहाक शिक्षामन्त्री शाइख अब्दुल बाकी हक्कानीले सो जानकारी दिएका हुन्। तर, छात्रालाई पढ्न अनुमति दिने/नदिने विषयमा भने उनले केही खुलाएका छैनन्। यसअघि तालिवानले छात्राहरुलाई अलग्गै पढाइन सकिने बताएको थियो।

गर्मी प्रान्तका विश्वविद्यालयहरु २ फेब्रुवरीबाट खुल्ने र अन्य प्रान्तमा २६ फेब्रुवरीदेखि मात्रै सञ्चालन गरिने उनले बताए। यसअघि अहिलेसम्म तालिवान सरकारले देशका अधिकांश भागमा पुनः सञ्चालन गरेका माध्यामिक विद्यालयमा छात्रहरुका लागि मात्र अनुमति दिइएको छ। केही निजी विश्वविद्यालय पुनः खुलेका छन्। तर, अधिकांश छात्रा पढ्न गएका छैनन्।

तालिवानले विदेशी अनुदान खोजिरहेकै बेला पश्चिमा सरकारहरुलेअफगानिस्तानमा छात्रा शिक्षालाई जोड दिँदै आएका छन्। तालिवानले १५ अगस्टमा अफगानिस्तानको सत्तापलट गरेको थियो।एजेन्सी

Logo