इतिहासमा आजः प्रजातन्त्रवादी नेतृआङ सान सुकी नजरबन्द, राष्ट्रसंघमा पहिलो महासचिव

इतिहासमा आजः प्रजातन्त्रवादी नेतृआङ सान सुकी नजरबन्द, राष्ट्रसंघमा पहिलो महासचिव

केन्द्रबिन्दु
0
Shares

आज १ फेब्रुवरी सन् २०२२ । प्रस्तुत छ आज विश्व इतिहासमा भएका केही वैज्ञानिक तथा राजनीति घटनाक्रमः

१५ वर्ष निर्वासनपछि इरानका नेताको स्वदेश फिर्ती
करिब १५ वर्ष लामो निर्वासनपछि सन् १९७९ को १ फेब्रुवरीमा आयोतोल्लाह खोमेनी इरान फर्किएका थिए । उनी स्वदेश फर्किएपछि इरानमा १० दिनसम्म खुसीशाली मनाइएको थियो। राजनीतिक, धार्मिक, क्रान्तिकारी र दार्शनिक नेता खोमेनीको स्वदेश फर्किने क्रममा लाखौं मानिसले स्वागत गरेका थिए। निर्वासनका समयमा उनी इराकमा थिए।  

म्यानमारमा निर्वाचित सरकार अपदस्थ
सन् २०२१ को १ फेब्रुवरीमा म्यानमारको सेनाले निर्वाचित सरकारलाई अपदस्थ गरेको थियो। अपदस्थपछि सेनाले प्रजातन्त्रबादी नेतृ आङ सान सुकीलाई घरमै नजरबन्दमा राखेको थियो। नजरबन्दमा राखेपछि नेतृ सुकीमाथि सेनाको जुन्ता सरकारले विभिन्न आरोप लगाउँदै आएको छ। केही साताअघि मात्र त्यहाँको सैनिक अदालतले सुकीलाई चार वर्ष जेल सजाय सुनाएको थियो। केही दिनपछि सरकारले आधा सजाय मिनाह गरेको घोषणा गरेको थियो। उनीविरुद्धको अन्य मुद्दामा पनि अदालतमा सुनुवाई भइरहेका छन्।

राष्ट्रसंघको पहिलो महासचिव
सन् १९४६ मा नर्वेका ट्रिग्भे ली राष्ट्रसंघको पहिलो महासचिवमा निर्वाचित भएका थिए। उनी १० नोभेम्बर १९५२ सम्म राष्ट्र संघका महासचिव थिए। 

स्पेस सटल दुर्घटनाग्रस्त
सन् २००३ मा अमेरिकाको मावनसहितको अन्तरिक्ष यान द स्पेस सटल दुर्घटनामा परेको थियो। अमेरिकी अन्तरिक्ष कार्यक्रम अन्तर्गतको सो यान १ जनवरीमा वायुमन्डलमा पुनः प्रवेश गर्ने क्रममा खस्दा त्यहाँ सवार सातै जना कारिन्दाको मृत्यु भएको थियो।एजेन्सी

Logo