नाइजेरियामा बोको हरामद्वारा एक हजार १९२ को हत्या, ३ हजार ३४८ जनाकाे अपहरण

नाइजेरियामा बोको हरामद्वारा एक हजार १९२ को हत्या, ३ हजार ३४८ जनाकाे अपहरण

केन्द्रबिन्दु
0
Shares

नाइजेरियामा गत वर्ष मात्र बन्दुकधारीहरुले एक हजारभन्दा बढी नागरिकको हत्या गरेका छन्। प्राप्त समाचारअनुसार यहाँका बोको हराम आतंककारीहरुले सन् २०२१ मा मात्र १ हजार १९२ जनाको हत्या गरेका हुन् ।

साथै उनीहरुले गत वर्ष मात्र ३ हजार ३४८ जनालाई अपहरण गरेका थिए। यी मध्ये नाइजेरियाको उत्तर पश्चिमी क्षेत्र कादुनाका बढी नागरिक शिकार भएका हुन् । कादुना प्रान्तको प्रान्तीय सरकारले मंगलबार सो सम्बन्धी रिपोर्ट प्रकाशन गरेको हो।

साथै गतवर्ष मात्र यहाँका ८९१ जना घाइते भएका छन्। उनीहरुलाई पनि आतंककारीले गोली हानी घाइते बनाएका हुन्।

Logo