इतिहासमा आज : इतिहासकै डरलाग्दो हिम आँधी, अन्तरिक्षमा रुसी यान

इतिहासमा आज : इतिहासकै डरलाग्दो हिम आँधी, अन्तरिक्षमा रुसी यान

केन्द्रबिन्दु
0
Shares

आज सन् २०२२ को ३ फेब्रुवरी। सदा झैं आज पनि इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए।

पाराग्वेका तानाशाहको शासन समाप्त
सन् १९८९ को ३ फेब्रुवरीमा पाराग्वेका तानाशाह अलफ्रेडो स्ट्रोस्नरको शासन समाप्त भएको थियो। पूर्वसैनिक अधिकारीसमेत रहेका अलफ्रेडोले कुमाफर्त सन् १९५४ को १५ अगस्टमा पाराग्वेको सत्ता हत्याएका थिए। 

इतिहासकै डरलाग्दो हिम आँधी
सन् १९७२ मा इरानमा इतिहासकै डरलाग्दो हिम आँधी आएको थियो। एक सातासम्म चलेको सो आँधीका कारण चार हजार जनाको ज्यान गएको थियो। आँधीले धेरैजसो गाउँ नै पुरेको थियो।  

यासेर अराफत प्यालेस्टाइनको नेता
सन् १९६९ मा यासेर अराफात प्यालेस्टाइन लिबरेसन संगठन (पीएलओ) का नेता बनेका थिए। सन् २०११ मा मृत्युपछि पनि अराफत विवादास्पद पात्र बनेका थिए। अधिकांश अरबेली जनताहरुले उनलाई स्वतन्त्रताको योद्धा मान्छन् भने इजरायलीले अतिवादीको रुपमा व्याख्या गर्छन्।
 
अन्तरिक्षमा लुना
सन् १९६६ मा सोभियत अन्तरिक्ष यान लुना ९ चन्द्रमामा पुगेको थियो। लुना चन्द्रमामा अवतरण पहिलो मानवरहित अन्तरिक्ष यान हो।एजेन्सी

Logo