कंगोमा करेन्ट लागेर २६ जनाको मृत्यु

कंगोमा करेन्ट लागेर २६ जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

प्रजातान्त्रिक गणतन्त्र कंगोको एक बजारमा बिजुलीको तार खस्दा करेन्ट लागेर कम्तिमा २६ जनाको मृत्यु भएको छ। 

उच्च भोल्टेजको तार बुधबार राजधानी किन्शासा नजिकैको घर र किनमेल गरिरहेका मानिसहरुमाथि खसेको थियो। 

सामाजिक सञ्जालमा पोस्ट गरिएको अप्रमाणित फुटेजमा पानीको पोखरीमा धेरै शवहरू देखिएको बीबीसीले जनाएको छ। 

बिजुलीको तार के कारणले खस्यो भन्नेबारे स्पष्ट भएको छैन। तर एक विज्ञप्तिमा कंगोको राष्ट्रिय बिजुली कम्पनीले चट्याङले तारको एक भागलाई प्रहार गर्दा जमिनमा खसेको थियो।एजेन्सी

Logo