इतिहासमा आजः अमेरिकाको पहिलो राष्ट्रपति, फेसबुकको स्थापना

इतिहासमा आजः अमेरिकाको पहिलो राष्ट्रपति, फेसबुकको स्थापना

केन्द्रबिन्दु
0
Shares

आज ४ फेब्रुबरी सन् २०२२। प्रस्तुत छ इतिहासमा आज भएका केही घटनाक्रम

फेसबुकको स्थापना 
सन् २००४ को ४ फेब्रुवरीमा सामाजिक सञ्जाल फेसबुकको स्थापना भएको थियो। सन् २००४ मा मार्क जुकरबर्गले हार्वर्ड विश्वविद्यालयमा हुँदा सँगै बस्ने सहपाठी साथीहरू,  एडवार्डो साभरिन, डस्टिन मोसकविट्ज, क्रिस ह्यूजेस र एन्ड्रयु म्याककोलमसँग मिलेर फेसबुकको स्थापना गरेका हुन्। 

वेबसाइटले सुरूमा हार्वर्ड विश्वविद्यालयका विद्यार्थीहरू माझ मात्र सीमित फेसबुक अहिले प्रायः देशमा प्रयोगमा छ। सामाजिक नेटवर्क सेवा फेसबुकका १ अर्ब भन्दाबढी सक्रिय कार्यकर्ता छन्। प्रयोगकर्ताहरूले एक अर्कासँग साथी बन्न र सन्देश पठाउनको लागि यसको प्रयोग गर्ने गर्दछन्। आफ्नो प्रोफाइल अध्यावधिक गरि साथीहरूलाई उनीहरूबारे जानकारीसमेत गराउँदछन्।

श्रीलंका स्वतन्त्र
सन् १९४८ मा श्रीलंकाले ब्रिटिश राष्ट्रमन्डलबाट स्वतन्त्र भएको घोषणा गरेको थियो। १६औं शताब्दीदेखि टापुको देश श्रीलंका पोर्चुगल, नेदरल्यान्ड, र ग्रेट ब्रिटेनको उपनिवेश थियो। 

संयुक्त राज्य अमेरिका स्थापना
सन् १८६१ मा संयुक्त राज्य अमेरिका स्थापना भएको थियो। महासंघ स्थापनाका लागि ६ वटा राज्यहरु अलाबामाको मोन्टगोमेरीमा वैठक बसेको थियो। 

अमेरिकाको पहिलो राष्ट्रपति 
सन् १७८९ को ४ फेब्रुवरीमा अमेरिकाको पहिलो राष्ट्रपतिमा जर्ज वासिंगटन निर्वाचित भएका थिए।एजेन्सी

Logo