आङ सान सुकीविरुद्ध भ्रष्टाचारसम्बन्धी मुद्दा दायर

आङ सान सुकीविरुद्ध भ्रष्टाचारसम्बन्धी मुद्दा दायर

केन्द्रबिन्दु
0
Shares

म्यान्मारको सैन्य सरकारले प्रजातन्त्रवादी नेतृ आङ सान सुकीविरुद्ध भ्रष्टाचारसम्बन्धी मुद्दा दायर गरेको छ। योसँगै सैन्य सरकारले अहिलेसम्म सुकीविरुद्ध ११ मुद्दा दायर गरेको छ। 

देशको उत्तरपश्चिम सागाइङ क्षेत्रका सर्वसाधारणलाई सेनाले फेरि आक्रमण गरेको विवरण सार्वजनिक भइरहेका बेला सरकारले सुकीविरुद्ध मुद्दा दायर गरेको हो। सेनाले सो क्षेत्रमा ४०० घरहरु जलाएको जनाइएको छ। 

आफ्नी आमाको नाममा स्थापना भएको एउटा परोपकार संस्थालाई गैरकानुनी ढंगले ५ लाख ५० हजार सहयोग गरेकाे भन्दै प्रहरीले उनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। सो मुद्दामा अदालतको सुनुवाइ बारेमा विस्तृत विवरण खुलाइएको छैन। 

सैन्य सरकारविरुद्ध उत्तेजक अभिव्यक्ति दिएको, कोभिड नियम पालना नगरेको र दूरसञ्चारको नियम उल्लंघन गरेको विभिन्न अभियोगमा सुकीलाई यसअघि नै अदालतले ६ वर्ष जेल सजाय तोकेको छ। गत वर्षको फेब्रुवरीमा निर्वाचित सरकारलाई कु गरेपछि सुकी घरमै नजरबन्दमा छिन्।एजेन्सी

Logo