भारतमा कोरोनाबाट एकैदिन १ हजार ५९ जनाको मृत्यु, संक्रमित कति?

भारतमा कोरोनाबाट एकैदिन १ हजार ५९ जनाको मृत्यु, संक्रमित कति?

केन्द्रबिन्दु
0
Shares

भारतमा कोरोनाको तेस्रो लहरमा दैनिक संक्रमितको संख्या घटेको देखिए पनि मृत्यु हुनेको संख्या भने बढेको छ। भारतीय स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा १ लाख २७ हजार ९५२ जनामा ​​कोरोना संक्रमण पुष्टि भएको छ भने १,०५९ जनाको मृत्यु भएको छ।

भारतमा दैनिक संक्रमित दर परिक्षण गरिएको संख्याको ७.९८ प्रतिशत रहेको छ। त्यस्तै भारतमा एकै दिन २ लाख ३० हजार ८१४ जना कोरोना संक्रमणबाट निको भएको मन्त्रालयले जनाएको छ। 

योसँगै भारतमा सक्रिय कोरोना संक्रमितको घटिरहेको छ। हाल भारतमा कुल सक्रिय संक्रमितको संख्या १३ लाख ३१ हजार ६४८ रहेको छ।

हालसम्म कोरोना संक्रमणबाट कूल ५ लाख १ हजार ११४ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

Logo