इतिहासमा आजः बोइङ ७४७ को पहिलो उडान, सोभियत युनियनको आइबीएम परिक्षण

इतिहासमा आजः बोइङ ७४७ को पहिलो उडान, सोभियत युनियनको आइबीएम परिक्षण

केन्द्रबिन्दु
0
Shares

आज सन् २०२२ को ९ फेब्रुवरी। प्रस्तुत छ विश्व इतिहासमा आज भएका केही महत्वपूर्ण घटनाः

आइआरएद्वारा १८ महिना लामो युद्धविराम अन्त्य
सन् १९९६ मा आइरिस अर्धसैनिक संगठन आइआरएले १८ महिना लामो युद्धविराम अन्त्य गरेको थियो। ९ फेब्रुवरीमा लन्डनमा एउटा शक्तिशाली बम बिस्फोट गराएर उसले एकतर्फीरुपमा युद्ध विराम भंग गरेको हो। लन्डनको क्यानरी हर्वाफमा गराइएको सो विस्फोटमा दुई जनाको मृत्यु र ३९ जना घाइते भएका थिए।

बोइङ ७४७ को पहिलो उडान
सन् १९६९ मा बोइङ ७४७ ले पहिलो उडान सुरु गरेको थियो। सो जम्बो जेट त्यति बेला विश्वकै सबैभन्दा ठूलो यात्रु विमान थियो।

सोभियत युनियनको पहिलो अन्तर महादेशीय व्यालिस्टक मिसाईल (आइबीएम)
सन् १९५९ मा सोभियत युनियनले विश्वकै पहिलो अन्तर महादेशीय व्यालिस्टिक मिसाइल सञ्चालनमा ल्याएको थियो। सोभियत आर–७ सेमयोर्का मिसाइल ८८ सय किलोमिटरको दूरीमा प्रहार भएको थियो।एजेन्सी

Logo