इतिहासमा आजः नेल्सन मन्डेलाको रिहाइ, होस्नी मुबारकले जनतासामु घुँडा टेकेकाे दिन

इतिहासमा आजः नेल्सन मन्डेलाको रिहाइ, होस्नी मुबारकले जनतासामु घुँडा टेकेकाे दिन

केन्द्रबिन्दु
0
Shares

मन्डेला रिहा
२७ वर्ष लामो जेल जीवनपछि आजकै दिन अर्थात सन् १९९० को ११ फेब्रुवरीमा दक्षिण अफ्रिकाका अश्वेत तथा रंगभेद विरोधी नेता नेल्सन मन्डेला रिहा भएका थिए । नेता मन्डेलाको रिहाई दक्षिण अफ्रिकामा रंगभेदबाट प्रजातान्त्रिक कदममा एउटा संक्रमणकालीन समय थियो । रिहाई लगत्तै मन्डेलाले तत्कालिन राष्ट्रपति एफडब्लू डी क्लर्कसँग वार्ता गरेका थिए। त्यसपछि दक्षिण अफ्रिकामा रंगका आधारमा हुने विभेद अन्त्य भएको घोषणा गरिएको थियो।

खमेनीको उदय
सन् १९७९ मा आयोतोल्लाह खमेनीले इरानमा शक्ति नियन्त्रणमा लिएका थिए। फ्रान्सको निर्वासनबाट भव्य स्वागतका साथ स्वदेश फर्किएको केही दिनपछि उनी इरानको सर्वमान्य नेता बनेका थिए ।

युरोपकै पहिलो महिला प्रधानमन्त्री
सन् १९७५ मा मार्गरेट थ्याचर ब्रिटिश कन्जरभेटिभ पार्टीको पहिलो महिला नेतृ बनेकी थिइन् । थ्याचरले सन् १९७९ मा भएको आमनिर्वाचनमा विजयी भएर बेलायतको प्रधानमन्त्री बनेकी थिइन् । उनी युरोपकै पहिलो महिला प्रधानमन्त्री हुन् । 

होस्नी मुबारकको पतन
३० वर्षसम्म सत्तामा रहेका होस्नी मुबारकले थेग्न नस्कने आन्दोलनपछि सन् २०११ को ११ फेब्रुवरीमा इजिप्टको राष्ट्रपतिबाट राजीनामा दिन बाध्य भएका थिए । अरब क्रान्तिको एउटा अंशको रुपमा इजिप्टमा फैलिएको आम प्रदर्शनपछि मुबारकले जनताको शक्तिसामु घुँडा टेकेका थिए ।एजेन्सी

Logo