इतिहासमा आजः ड्रेसडेन सहर ध्वस्त भएको विस्फोट, ब्रह्मान्डमा हिराजस्तो सानो वस्तु फेला

इतिहासमा आजः ड्रेसडेन सहर ध्वस्त भएको विस्फोट, ब्रह्मान्डमा हिराजस्तो सानो वस्तु फेला

केन्द्रबिन्दु
0
Shares

आज १३ जनवरी २०२२। आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए। प्रस्तुत छ इतिहासमा आज भएका केही घटनाः

अस्ट्रेलियाली प्रधानमन्त्रीको क्षमा याचना
सन् २००८ मा अस्ट्रेलियाली प्रधानमन्त्री केभिन रुडले ‘चोरी भएको पुस्ता’का लागि आदिवासी अस्ट्रेलियालीसमक्ष क्षमा याचना गरेका थिए । सन् १९६० को दशकसम्म १० देखि ३० प्रतिशत आदिवासी र टोरेस आइलेन्डर उनीहरुका परिवारबाट अलग गरिएका थिए।

सेतो सानो तारा फेला
सन् २००४ मा खगोलविदहरुले आकाशगंगामा ब्रह्मान्डकै ठूलो डायमन्ड जस्तो बस्तु फेला परेको थियो। बीपीएम ३७०९३ सेतो पुड्के तारा नाम दिइएको सो वस्तु पृथ्वीबाट करिव ५० प्रकाश वर्ष टाढा छ। त्यसको उपनाम लुसी राखिएको छ।

बग्दाद विस्फोटको कालो दिन
सन् १९९१ मा बग्दादमा गराइएका दुई शक्तिशाली बम बिस्फोटमा कम्तिमा ४०८ सर्वसाधारणको मृत्यु भएको थियो । सन् १९९१ मा इराकबाट कुवेतलाई स्वतन्त्र बनाउन गरिएको अमेरिकी नेतृत्वको राष्ट्रसंघको कारबाही अपरेसन डेजर्ट स्ट्रोमका क्रममा १३ फेब्रुबरीमा दुई वटा स्मार्ट बम पड्काउँदा ती सर्वसाधारणको मृत्यु भएको थियो। पर्सीयाली खाडी युद्धको क्रममा सो विस्फोट भएको थियो।

ड्रेसडेन सहर  ध्वस्त
सन् १९४५ मा बम आक्रमणका क्रममा जर्मनीको सहर ड्रेसडेन ध्वस्त भएको थियो। तीन दिनसम्म भएका ती बिस्फोटमा २५ हजार जनाको मृत्यु भएको थियो। द्वितीय विश्वयुद्धको समयमा ब्रिटिश र अमेरिकी गठबन्धन सेनाले हवाई हमला गरेको थियो ।एजेन्सी

Logo