इतिहासमा आजः ‘भ्यालेन्टाइन डे’ भित्र लुकेको दुःखद् घटना, लेबनानका प्रधानमन्त्रीको हत्या

इतिहासमा आजः ‘भ्यालेन्टाइन डे’ भित्र लुकेको दुःखद् घटना, लेबनानका प्रधानमन्त्रीको हत्या

केन्द्रबिन्दु
0
Shares

भ्यालेन्टाइन डे को इतिहास

भ्यालेन्टाइन डे इस्वी संवत् २६९ बाट इटालीको रोम शहरबाट सुरु भएको हो । तेस्रो शताब्दीको अन्त्यतिर सुरु भएको यस भ्यालेन्टाइन डेको इतिहास भ्यालेन्टाइन भन्ने सन्तको बलिदानसँग सम्बन्धित छ । रोमनको सम्राटले युवा प्रेम र बिबाहमा लागेर सैनिक सेवा प्रभावित हुन्छ भनेर प्रतिबन्ध लगाएका थिए । तर भ्यालेन्टाइनले उनको आदेशलाई उल्लंघन गरेका थिए ।

सम्राटको आदेशको विपरीत लुकिछिपी उनले विबाह गराइदिन थाले । यो कुरा विस्तारै सम्राटको कानमा पनि पुग्यो । त्यसपश्चात भ्यालेन्टाइनलाई पक्राउ गरियो र जेलमा थुनियो । उनलाई मृत्युदण्डको आदेश दिइयो ।

मृत्युदण्डको आदेश सुनेर सन्त भ्यालेन्टाइनले जेलकी दृष्टिविहिन छोरीको नाममा प्रेमपत्र लेखे । पत्रको अन्त्यमा उनले लेखे ‘फ्रम योर भ्यालेनटाइन’ यससँगै उनले फूल उपहार पनि पठाए । भ्यालेन्टाइनले आफू मर्नु अघि जेलरलाई भने, ‘म मरेपछि मेरो आँखा तपाईको दृष्टिविहिन छोरीलाई दिनु ।’ रोमको राजाले सन् २६९ को १४ फेब्रुअरीमा भ्यालेन्टाइनलाई मृत्युदण्ड दिए । यही दिनलाई भ्यालेन्टाइनको समर्पणमा मानिसहरुले भ्यालेन्टाइन डे मनाउन सुरु गरे ।

लेबनानका प्रधानमन्त्रीको हत्या
सन् २००५ मा लेबनानका पूर्वप्रधानमन्त्री रफिक हरिरीको हत्या भएको थियो । उनको हत्यामा लेबनानका लडाकु हेजबुल्लाहको संलग्न रहेका लेबनानका लागि राष्ट्रसंघको विशेष न्यायाधिकरणले पत्ता लगाएको थियो।

भोपाल ग्यास लिकका पीडितलाई क्षतिपूर्ति
सन् १९८४ को २ र ३ डिसेम्बरमा भारतको मध्यप्रदेशस्थित भोपालको एउटा विषादी भट्टी युनियन कारबाइड इन्डिया लिमिटेड (यूसीआइएल) मा ग्यास लिक भएको थियो । जसलाई भाेपाल विपद् भनिन्छ। ग्यास चुहावट हुँदा पाँच लाख मानिस प्रभावित हुनुका साथै २५ हजार जनाको मृत्यु भएको थियो। आजकै दिन अर्थात १४ फेब्रुबरी मा ९ दशमलब ५ अर्ब डलर क्षतिपूर्ति दिन तयार भएको थियो।

सलमान रुस्दीविरुद्ध फताह
सन १९८९ मा इरानका नेता आयतोल्लाह रुहोल्लाह खोमनीले प्रख्यात लेखक सलमान रुस्दीविरुद्ध फतवा जारी गरेका थिए। उनको हत्या गर्नेलाई पुरस्कारसमेत घोषणा गरेका थिए। रुस्दीको चर्चित कृर्ति सटानिक भर्सेज (१९८८) लाई लिएर उनीविरुद्ध सो घोषणा गरिएको थियो। सो पुस्तकले इस निन्दा गरेको मुस्लिम मुलुक इरानको भनाइ छ।एजेन्सी

Logo