युक्रेन संकट बढ्दै, राष्ट्रपति जेलेन्स्किीले अमेरिकी राष्ट्रपति बाइडेनलाई किभ बोलाए

युक्रेन संकट बढ्दै, राष्ट्रपति जेलेन्स्किीले अमेरिकी राष्ट्रपति बाइडेनलाई किभ बोलाए

केन्द्रबिन्दु
0
Shares

युकेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्किीले युक्रेनसँगको अवस्था ‘शान्त गर्न’ र ‘शक्तिशाली संकेत’ पठाउन अमेरिकी राष्ट्रपति जो बाइडेनलाई किभको भ्रमण गर्न आग्रह गरेका छन्। 

रसियासँगको सीमा विवादबीच अमेरिका र रसियाको तनाव बढिरहेका बेला जलेन्स्किीले बाइडेनलाई सो अनुरोध गरेका हुन्। 

राष्ट्रपति जेलेन्स्किीको निम्तोबारे बाइडेनले कुनै प्रतिकृया जनाएका छैनन् । यसअघि उनले युक्रेनबाट सम्पूर्ण अमेरिकी नागरिकलाई स्वदेश फर्किन अनुरोध गरेका थिए। 

यसैबीच, जर्मन चान्सलर अलाफ सोल्जले युद्धको जोखिम पुटिनमा निर्भर रहेको बताएका छन्। युक्रेनको तनाव युरोपको शान्तिमा एउटा गम्भीर खतरा भएको उनको भनाइ छ। राष्ट्रपति जेलेन्स्किीलाई भेट्न जर्मन चान्सलर सोल्जले किभको भ्रमण गर्दैछन्। जेलेन्स्किीलाई भेटेपछि सोल्ज पुटिनलाई भेट्न मस्को जाने कार्यक्रम छ।एजेन्सी

Logo