इतिहासमा आजः ग्यालिलियो ग्यालिलीको जन्मदिन, इतिहासकै विशाल शान्ति प्रदर्शन

इतिहासमा आजः ग्यालिलियो ग्यालिलीको जन्मदिन, इतिहासकै विशाल शान्ति प्रदर्शन

केन्द्रबिन्दु
0
Shares

आज १५ फेब्रुवरी। प्रस्तुत छ इतिहासमा आज भएका केही घटनाक्रमः

अहिलेसम्मकै ठूलो शान्ति प्रदर्शन
सन् २००३ इतिहासमै सबैभन्दा ठूलो शान्ति प्रदर्शन भएको थियो। आजकै दिन विश्वभरका ६०० सहरहरुमा ३ करोड मानिसहरुले इराक युद्धको विरोध गर्दै शान्तिको पक्षमा प्रदर्शन गरेका थिए।

सोभियत युनियन अफगानिस्तानबाट फिर्ता
सन् १९८९ मा अफगानिस्तानबाट सोभियत युनियन  बाहिरिएको थियो। सैन्य सर्वोच्चताको बाबजुद सोभियत र अफगान सेनाले विद्रोहीको प्रतिकार गर्न विफल भएको बताइन्छ। 

मानव जिनोमको पहिलो मस्यौदा
सन् २००१ मा मानव जिनोमको पहिलो मस्यौदा प्रकाशित भएको थियो। मानव जिनोममा पूर्ण मानव आनुवंशिक सूचना छ।

मुद्रालाई डेसिमल प्रणालीमा परिणत
सन् १९७१ मा बेलायत र आयरल्यान्डले आफ्नो मुद्रालाई डेसिमल प्रणालीमा परिणत गरेका थिए। परिवर्तनअघि एक पाउन्ड स्टर्लिङ २४० पेन्स बराबर थियो।

ग्यालिलियो ग्यालिलीको जन्मदिन
आजकै दिन इटालीका प्रसिद्ध वैज्ञानिक ग्यालिलियो ग्यालिलीको जन्म भएको थियो। गणितज्ञ तथा दाशर्निकसमेत रहेका ग्यालिलियोको जन्म १५६४ मा इटालीको पिसामा भएको थियो। उनको मृत्यु सन् १६४२ को ८ जनवरीमा इटालीको आर्कटेरीमा भएको थियो ।एजेन्सी 

Logo