इतिहासमा आजः फिडेल क्यास्ट्रो क्युबाका प्रधानमन्त्री, क्वेटो प्रोटोकल कार्यान्वयन

इतिहासमा आजः फिडेल क्यास्ट्रो क्युबाका प्रधानमन्त्री, क्वेटो प्रोटोकल कार्यान्वयन

केन्द्रबिन्दु
0
Shares

आज १६ फेब्रुवरी २०२२ । प्रस्तुत छ विश्व इतिहासमा आज भएका केही घटनाः

हेजबोल्लाह समूहको स्थापना
सन् १९८५ मा हेजबोल्लाह समूह स्थापना भएको थियो। लेबनानको राजनीतिक पार्टी तथा लडाकु समूह हेजबोल्लाहलाई विभिन्न पश्चिमेली मुलुकहरुले आतंककारी संगठनका रुपमा वर्गीकरण गरेका छन् ।

फिडेल क्यास्ट्रो क्युबाका प्रधानमन्त्री
सन् १९५९ मा फिडेल क्यास्ट्रो क्युबाका प्रधानमन्त्री बनेका थिए। सन् १९७६ को डिसेम्बरसम्म प्रधानमन्त्री बनेका क्यास्ट्रो फेरि क्युबाको राज्य परिषदको अध्यक्ष भएका थिए। उनले सन् २००८ को फेब्रुवरीमा आफ्नो पदबाट राजीनामा दिएका थिए ।

किम जोङ इलको जन्म
आजकै दिन उत्तर कोरियाली नेता किम जोङ इलको जन्म भएको थियो । सन् १९४१ को १६ फेब्रुवरीमा रसियाको साइबेरियामा जन्मिएका इलको मृत्यु २०११ को १७ डिसेम्बरमा भएको थियो।

क्वेटो प्रोटोकल कार्यान्वयन
सन् २००५ को १६ जनवरीदेखि क्वेटो प्रोटोकल कार्यान्वयनमा आएको थियो । सन् १९९७ मा जलवायुसम्बन्धी राष्ट्रसंघीय सम्झौता क्वेटो प्रोटोकलमा हस्ताक्षर भएको थियो । विश्वबाट हरितगृह ग्यासको उत्सर्जन घटाउन सो सम्झौतामा विभिन्न देशहरुले हस्ताक्षर गरेका थिए । अमेरिकाले भने सो सम्झौता अनुमोदन गरेको थिएन।एजेन्सी

Logo