इतिहासमा आजः जर्मनमा अमेरिकी बमवर्षक विमानबाट हमला

इतिहासमा आजः जर्मनमा अमेरिकी बमवर्षक विमानबाट हमला

केन्द्रबिन्दु
0
Shares

आज सन् २०२२ को २० फेब्रुवरी। आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए। प्रस्तुत छ इतिहासमा आज भएका केही घटनाक्रमः

पृथ्वीको परिक्रमा गर्ने पहिलो अमेरिकी नागरिक
पृथ्वीको परिक्रमा गर्ने पहिलो अमेरिकी नागरिकले सन् १९६२ मा आन्द्र महासागरमा सुरक्षित अवतरण गरेका थिए। जोन एच ग्लेन जुनियर आजकै दिन अर्थात २० फेब्रुबरीमा आन्द्र महासागरमा सुरक्षित अवतरण गरेका थिए।

जर्मनमा अमेरिकी बमवर्षक विमानको हमला
सन् १९४४ मा अमेरिकी बमवर्षकहरूले जर्मन विमान निर्माण केन्द्रहरूमा आक्रमण गरेका थिए। सो बमबारी अभियानलाई इतिहासमा विग विक भनेर चिनिन्छ। युरोप आक्रमणका लागि हवाई सर्वोच्चता प्राप्त गर्न आक्रमणको तत्कालिन उद्देश्य थियो।
 
अस्ट्रेलियाको राजधानी सहर निर्माण कार्य सुरु
सन् १९१३ मा अस्ट्रेलियाको राजधानी सहर निर्माण कार्य सुरु भएको थियो। क्यानबेरा पूर्णतया योजनाबद्ध शहर हो। प्रतिद्वन्द्वी सिड्नी र मेलबर्नबीचको सम्झौताको रूपमा क्यानबेरालाई अस्ट्रेलियाको राजधानीको रूपमा छनोट गरिएको थियो।

रिहानाको जन्म दिन
आजकै दिन बार्बेडियाली गायिका, नायिका तथा फेसन डिजाइनर रिहानाको जन्म भएको थियो । उनको जन्म १९८८ को २० फेब्रुवरीमा भएको हो।एजेन्सी

Logo