इतिहासमा आज : रिचार्ड निक्सनको चीन भ्रमण, प्रशान्त महासागरमा एक्लै उड्ने पहिलो अमेरिकी

इतिहासमा आज : रिचार्ड निक्सनको चीन भ्रमण, प्रशान्त महासागरमा एक्लै उड्ने पहिलो अमेरिकी

केन्द्रबिन्दु
0
Shares

आज सन् २०२२ को २१ फेब्रुवरी। आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए। प्रस्तुत छ इतिहासमा आज भएका केही घटनाक्रमः

प्रशान्त महासागरमा एक्लै उड्ने पहिलो व्यक्ति
सन् १९५५ मा अमेरिकी व्यापारी तथा साहसी स्टेभ फोसेट बेलुनमा प्रशान्त महासागरमा एक्लै उड्ने पहिलो व्यक्ति बनेका थिए। यो उनको धेरै उड्डयन रेकर्डहरु मध्ये पहिलो थियो ।

रिचार्ड निक्सनको चीन भ्रमण
सन् १९७२ मा अमेरिकी राष्ट्रपति रिचार्ड एम निक्सनले जनगणतन्त्र चीनको राजकीय भ्रमण गरेका थिए। कम्युनिस्ट देश चीन र संयुक्त राज्य अमेरिकाबीचको २१ वर्षदेखिको मतभेद अन्त्य गर्दै उनी सो भ्रमणमा निस्किएका थिए।
 
भर्डन युद्ध
पहिलो विश्व युद्धको समयमा आजकै दिन भर्डन युद्ध सुरु भएको थियो। सन् १९१६ को फेब्रुवरी २१ देखि १८ डिसेम्बरसम्म फ्रान्सको भर्डनमा भएको सो युद्धलाई इतिहासकै सबैभन्दा ठूलो, लामो र रक्तपातपूर्ण मानिन्छ। सो युद्धमा लाखौं मानिस मारिएका थिए। 

डब्लूएच अडेनको जन्म
सन् १९०७ को २१ फेब्रुवरी अर्थात आजकै दिन प्रसिद्ध अंग्रेजी कवि डब्लूएच अडेनको जन्म भएको थियो । उनी आफ्नो युगको प्रमुख अंग्रेजी–भाषाका कविहरूमध्ये एक हुन्।एजेन्सी

Logo