अमेरिकाले भन्यो, ‘रुसले युक्रेनको सीमामा सशस्त्र उपकरण र सेना तैनाथ गर्‍यो’

अमेरिकाले भन्यो, ‘रुसले युक्रेनको सीमामा सशस्त्र उपकरण र सेना तैनाथ गर्‍यो’

केन्द्रबिन्दु
0
Shares

रसियाले युक्रेनसँगको सिमानामा सशस्त्र उपकरण र सेनाको नयाँ फिल्ड तैनाथ गरिरहेको स्याटलाइट तस्विरले देखाएको एक निजी अमेरिकी कम्पनीले दाबी गरेको छ । 

नयाँ गतिविधिले बढ्दो सैन्य तयारी गरेको संकेत गरेको अमेरिकास्थित म्याक्सर टेक्नोलोजीका निर्देशकले बताएका छन् । तस्बिर सार्वजनिक गरेको सो कम्पनीले केही सातादेखि रूसी सेनाको निर्माणलाई ट्र्याक गरिरहेको छ । 

युक्रेनसँगको सिमानामा रहेको रुसी व्यारेकबाट सशस्त्र उपकरण र सेनाका नयाँ फिल्ड तैनाथ गरेको स्याटलाई तस्बिरले देखाएको सो कम्पनीले जनाएको छ । 

आइतबार सोलोटी क्षेत्रका धेरै लडाई एकाइहरू र सहयोगी उपकरणहरू प्रस्थान गरिसकेको स्याटलाईट तस्बिरहरूले देखाएको थियो । 

सो क्षेत्रभर सवारी साधनको ट्र्याक र सशस्त्र उपकरण बोकेका कन्भोयका ताँती देखिएको पनि कम्पनीले जनाएको छ । 

ट्र्याक र हिउँका आधारमा ती गतिविधि हालसालैको भएको म्याक्सर न्युज व्युरोका वरिष्ठ निर्देशक स्टेफेन वुडले रोयटर्स समाचार संस्थालाई बताए । ‘मलाई यसले बढ्दो तत्परताको अवस्था संकेत गर्छ,’ वुडले भने । एजेन्सी

Logo