रुसी बम हमलामा ७ जना युक्रेनीको मृत्यु, १९ बेपत्ता

रुसी बम हमलामा ७ जना युक्रेनीको मृत्यु, १९ बेपत्ता

केन्द्रबिन्दु
0
Shares

रुसी सेनाले गरेको बम आक्रमणमा ७ जना युक्रेनीको मृत्यु भएको युक्रेन प्रहरीले जनाएको छ। 

ओडेसा बाहिर पोडिल्स्कमा रहेको सैन्य इकाईमा भएको हमलामा ६ जनाको मृत्यु भएको र सात जना घाइते भएका छन्। सो हमलामा १९ युक्रेनी हराइरहेका छन्। 

त्यस्तै, रुसी सेनाले मारियुपोल सहरमा गरेको अर्को हमलामा थप एक जनाको मृत्यु भएको छ। 

रुसी सेनाले रुस र बेलारुसको सीमाबाट आक्रमण गरेको एएफपीले जनाएको छ। केही साताअघि मात्र रुस र बेलारुसले संयुक्त सैन्य अभ्यास गरेका थिए। यसैबीच, रुसी सेनाले स्थलमार्गबाट पनि आक्रमण सुरु गरेको विवरणहरुमा जनाइएको छ।एजेन्सी

Logo