युक्रेन हमला : रुसी अर्बपतिले ९ दिनमा ९० अर्ब डलर गुमाए

युक्रेन हमला : रुसी अर्बपतिले ९ दिनमा ९० अर्ब डलर गुमाए

केन्द्रबिन्दु
0
Shares

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार देशका व्यापारी नेताहरूलाई रुसी प्रशासन केन्द्र क्रेमलिनमा आयोजित एउटा बैठकमा बोलाएका थिए। बैठकमा कम्तिमा १३ अर्बपतिको उपस्थिती थियो। 

‘के भइरहेको छ भन्ने एउटा आवश्यक कदम हो,’ उनले बैठकमा भनेका थिए, ‘हामीसँग अन्यथा गर्ने कुनै मौका छैन।’ वास्तवमा पुटिनले मस्कोले युक्रेनमा हमला गर्दा रुसी अर्बपतिले गुमाउनु पर्ने सम्भावित नोक्सानबारे अप्रत्यक्ष रुपमा संकेत गरेका थिए।

हो, पुटिनको हमलाले युक्रेनमा विनाश मात्रै गरेको छैन, यसले विश्वभरका बजारहरूलाई अस्थिर बनाएको छ। यसले उनका आफ्नै सहयोगीको भाग्यमा समेत असर गरेको छ।

राष्ट्रपति पुटिनले युक्रेनमा पूर्णमात्रामा आक्रमण गरेपछि देशको शेयर बजार र रुबलमा गिरावट आएसँगै रुसका अर्बपतिहरुको अर्बौं डलर गुमेको छ।

पछिल्लो ९ दिनमा रुसका ११६ अर्बपतिहरुले ९० अर्ब डलर गुमाएको फोब्सको अनुमान छ। त्यो मध्ये ३९ अर्ब डलर बिहीबार स्वाहा भएको थियो। रुसको मोएक्स सूचाकांक ३३% तल झरेपछि र रुबलको मूल्य  डलरको तुलनामा निकै गिरावट आएपछि रुसी उद्योगपतिहरुले ठूलो मूल्य चुकाएका हुन्। 

प्रतिबन्धहरूको जोखिम अर्बपति कुलीन वर्गको सानो सर्कलभन्दा बाहिर फैलिएको छ। अमेरिका, बेलायत र युरोपेली युनियनलक्षित व्यवसायहरूले रूसी अर्बपतिलाई अझै नोक्सान पुग्ने अनुमान गरिएको छ।एजेन्सी

Logo