युक्रेनमा रुसी सेनाले गरेको गोलाबारीमा अहिलेसम्म १९८ युक्रेनीको मृत्यु

युक्रेनमा रुसी सेनाले गरेको गोलाबारीमा अहिलेसम्म १९८ युक्रेनीको मृत्यु

केन्द्रबिन्दु
0
Shares

मस्को पूर्वी युक्रेनमा रुसी सेनाले गरेको हमला र गोलाबारीमा कम्तिमा १९ सर्वसाधारणको मृत्यु भएको छ। आक्रमणमा कम्तिमा ७३ जना घाइते भएका छन्। अहिले रुसी सेनाले युक्रेनको राजधानी किभलाई चारै दिशाबाट घेरा हालेर आक्रमण गरिरहेको छ। 

आक्रमणको चौथो दिन रुसी सेनाले किभलाई मुख्य निशाना बनाएको हो। राजधानीमा गोलाबारी र ठूला बिस्फोटका आवाजहरु सुनिएका प्राप्त विवरणहरुमा जनाइएको छ। 

रुससँगको भिडन्तमा अहिलेसम्म १९८ युक्रेनीको मृत्यु – युक्रेनी स्वास्थ्य मन्त्री 

युक्रेनमा रुसी सेनाले आक्रमण गरेपछि भएको भिडन्तका क्रममा अहिलेसम्म १९८ जना युक्रेनीको मृत्यु भएको छ। 

युक्रेनका स्वास्थ्य मन्त्री भिक्टर ल्याश्कोले नै कम्तीमा १९८ जना युक्रेनीको मृत्यु भएको पुष्टि गरे। मारिएका मध्ये तीन जना बालबालिका पनि रहेको उनले जानकारी दिए। सामाजिक सञ्जाल फेसबुक मार्फत उनले दिएको जानकारी अनुसार मृतकको सङ्ख्या अझ धेरै हुन सक्ने सम्भावना रहेको छ। 

पछिल्लो तीन दिनदेखिको भिडन्तका क्रममा अरु एक हजार ११५ जनाको मृत्यु पनि भएको अधिकारीहरूले जनाएका छन्। घाइते भएका बालबालिकाको सङ्ख्या भने ३३ रहेको छ। देश जोगाउनका लागि अहिले सुरक्षाकर्मी, स्वयंसेवक र आमनागरिक पनि हतियारसहित भिडन्तमा उत्रिएका छन्।  

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई अमेरिकाले उद्धार गर्ने खबर पठाए पनि उनले अस्वीकार गरेका छन्। अमेरिकी सञ्चार माध्यमहरूले नै युक्रेनबाट उनलाई उद्धार गर्ने अमेरिकाको प्रस्तावलाई उनले अस्वीकार गरेको जनाएका छन्।

अमेरिकी अधिकारीहरूलाई उनले जवाफ दिए, “यहाँ लडाइँ भइरहेको छ, मलाई हतियार चाहिएको छ, म यहीँ रहेर देश बचाउने छु, मलाई कतै जानु छैन। म जनतासँगै रहेर शत्रुका विरुद्धमा लड्नेछु।”

विगतमा हास्यव्यङ्ग्यकार तथा अभिनेतासमेत रहेका उनको यस जवाफका बारेमा सामाजिक सञ्जालमा व्यापक प्रशंसा भइरहेको छ। 

जबसम्म शत्रुले आक्रमण गरिरहने छन्, तबसम्म त्यसको सामना आफूले गरिरहने अठोटसहित उनले आफू युद्ध मैदानमै उत्रिएको देखिने एउटा भिडिओ पनि सामाजिक सञ्जालमा राखेका छन्।एजेन्सी

Logo