‘रुसी हमलामा ५० लाख मानिस शरणार्थी बन्न सक्ने, २४० सर्वसाधारण हताहत’

‘रुसी हमलामा ५० लाख मानिस शरणार्थी बन्न सक्ने, २४० सर्वसाधारण हताहत’

केन्द्रबिन्दु
0
Shares

युक्रेनमा भएको रुसी हमलामा कम्तिमा २४० सर्वसाधfरणको हताहत भएको राष्ट्रसंघले जनाएको छ। रुसी सेनाले युक्रेनका विभिन्न सहरहरुमा हमला गरिरहेको छ। राष्ट्रसंघका लागि मानवअधिकारसम्बन्धी उच्च आयुक्त (ओसीएचसीआर) ले युक्रेन हमलामा कम्तिमा २४० सर्वसाधारणको हताहत भएको जनाएको हाे। 

घरहरू र महत्वपूर्ण पूर्वाधारमा क्षति पुगेकाले सयौं मानिसहरू पानी र बिजुलीबाट बन्चित भएको ओसीएचसीआर जनाइएको छ। राष्ट्रसंघका अनुसार १ लाख ६० हजार युक्रेनी आन्तरिकरुपमा विस्थापित भएर अन्तर्राष्ट्रिय सीमा पार गर्न लागिरहका छन्। 

रुसी हमलामा ५० लाख मानिस शरणार्थी बन्न सक्ने युक्रेन सरकारको अनुमान छ। राजधानी किभभन्दा बाहिरी सहरमा रहेको भासीलकिभस्थिते तेल डिपो रुसी आक्रमणमा प्रभावित भएको छ। 

गोलाबारी र बम हमलामा क्षतिग्रस्त सो डिपोबाट विषालु धुँवा निस्किरहेको भन्दै राष्ट्रसंघले मानिसहरुलाई घरभित्रै बस्न आह्वान गरेको छ। राजधानी किभका बासिन्दाहरु यसअघि नै ज्यान जोगाउन भूमिगत आश्रयमा शरण लिइरहेका छन्।एजेन्सी

Logo