रुसी हमलामा ३५२ युक्रेनीको मृत्यु

रुसी हमलामा ३५२ युक्रेनीको मृत्यु

केन्द्रबिन्दु
0
Shares

युक्रेन द्वन्द्व बढिरहेका बेला ३५२ युक्रेनी सर्वसाधारण मारिएको त्यहाँको गृह मन्त्रालयले जनाएको छ। मृत्यु हुनेमा १४ बालबालिका पनि छन्। 

रुसी हमलामा ११६ बालबालिकासहित १ हजार ६८४ सर्वसाधारण घाइते भएका छन्। तर, मन्त्रालयले युक्रेनी सेनातर्फ भएको क्षतिबारे भने केही सूचना दिएको छैन। 

त्यस्तै, रुसी सेनाले पनि युद्धमा आफ्नो तर्फबाट पनि केही क्षति भएको जनाएको छ। रुसी सेनाले पहिलो पटक आफ्नोतर्फ क्षति भएको स्वीकारेको हो। युक्रेन आक्रमणमा आफ्ना केही सेना मारिएको बताए पनि कुनै तथ्यांक दिएको छैन। युक्रेनले ४३ सय रुसी सैनिक मारिएको दाबी गरेको छ।एजेन्सी

Logo