रुस-युक्रेन वार्तामा के भयो प्रगति?

रुस-युक्रेन वार्तामा के भयो प्रगति?

केन्द्रबिन्दु
0
Shares

युक्रेन संकटलाई लिएर युक्रेन र रुसी अधिकारीहरुबीच सम्पन्न पहिलो चरणको वार्ता सकिएको छ। युक्रेन र बेलारुसको सीमामा भएको सो वार्ताले खासै नतिजा नल्याएको प्राप्त विवरणहरुमा जनाइएको छ।

थप परामर्श गरेर फेरि दोस्रो चरणको वार्ता गर्ने सहमति भएको थियो। वार्तामा युक्रेनले युद्धविरामको प्रस्ताव गरेको र रुसले त्यसलाई ठाडै अस्वीकार गरेको बताइएको छ। 

दोस्रो चरणको वार्ता अघि दुवै देशका अधिकारीहरु थप छलफलका लागि सम्बन्धित देशको राजधानी फर्किएको युक्रेनी राष्ट्रपतिका सल्लाहकारले जनाएका छन्। 

तत्काल युद्धविराम गर्न र रुसी फौजलाई फिर्ता गर्ने विषयमा छलफल गर्ने उद्देश्यसहित दुई पक्षबीच वार्ता भएको थियो।एजेन्सी 

Logo