स्ट्रिमिङ जाइन्ट नेटफ्लिक्सद्वारा रुसमा सबै सेवा रोक्का

स्ट्रिमिङ जाइन्ट नेटफ्लिक्सद्वारा रुसमा सबै सेवा रोक्का

केन्द्रबिन्दु
0
Shares

नेटफ्लिक्सले रुसमा दिइरहेको आफ्ना सबै सेवा सुविधा रोक्का गर्ने भएको छ। 

स्ट्रिमिङ प्ल्याटफर्म नेटफ्लिक्सले रुसमा दिँदै आएको सबै सुविधा यथाशीघ्र रोक्का गर्ने भएको बीबीसीले जनाएको छ। युक्रेनमा रुसले आक्रमण जारी राखेपछि नेटफिलिक्स कम्पनीले यस्तो निर्णय लिएको हो। 

यस्तै नेटफ्लिक्सले रुसी भाषा श्रृंखला जाटोको निर्माण कार्यमा रोक लगाउने जनाएको छ। क्लाउड कम्प्युटिङ कम्पनी ओर्याकलले समेत विभिन्न सेवा सुविधा सञ्चालनमा प्रतिबन्ध लगाउने बताएको छ। 

अमेरिकाका यी दुई कम्पनीले युक्रेनमा गरेको आक्रमणका विरुद्ध सो कारवाही गरेको हो। यस्तै गत मंगलबार एप्पल कम्पनीले समेत आफ्ना ग्याजेटहरु रुसमा बिक्री रोक्ने बताएको छ। 

Logo