रुस र युक्रेनबीच सोमबार तेश्रो चरणको वार्ता हुने

रुस र युक्रेनबीच सोमबार तेश्रो चरणको वार्ता हुने

केन्द्रबिन्दु
0
Shares

रुस र युक्रेनबीच सोमबार तेश्रो चरणको वार्ता हुने भएको छ। दुई देशबीच तेश्रो चरणको वार्ता  हुने वार्ता टोलीका नेता डेभिड अरखामियाले सामाजिक सञ्जाल फेसबुकमा उल्लेख गरेका छन्। उनले भने, रुस र युक्रेनबीच हुने वार्ताले शत्रुता समाप्त हुने आशा छ। 

अरखामिया युक्रेनी राष्ट्रपति भलोदिमिर जेलेंस्कीको संसदीय दलका नेता हुन्। रुसी पक्षको वार्ताको सुनिश्चितता नभए पनि दुई पक्षको सोमबार नै वार्ता सुरु गर्न सक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । गत फेब्रवरी २४ मा  रुसले छिमेकी राष्ट्र युक्रेनसँग आक्रमण सुरु गरे यता वार्ता टोलीका प्रतिनिधिमण्डलबीच दुई चरणको  वार्ता  भइसकेको छ। 

युक्रेनले वार्ताबाट नतिजा ननिस्किए पनि छलफल जारी राख्ने  बताएको छ। यसअघि, रुसी विदेशमन्त्री सेरगई लाभारोभले दुई देशबीच भएको द्वन्द्वमा युक्रेनी राष्ट्रपति जेलेन्सिकीले नेटोको मद्दत मागेकाले समेत वार्तामा कठिनाई भएको रुसी विदेशमन्त्री सेरगेई लाभारोभले बताएका छन्। 

यता युक्रेनी विदेशमन्त्री दिमित्रो कुलेबाले छलफल अर्थपूर्ण भए मात्र रुसी विदेशमन्त्री लाभारोभसँग वार्ता गर्ने बताएका थिए। गत बिहीबार क्रेमेलिनले किभको प्रतिक्रियाका आधारमा रुसले आक्रमणको अन्त्य गर्ने बताएको छ। 

Logo