जापानद्वारा रुस र बेलारुसविरुद्धको प्रतिबन्ध प्याकेजको विवरण सार्वजनिक

जापानद्वारा रुस र बेलारुसविरुद्धको प्रतिबन्ध प्याकेजको विवरण सार्वजनिक

केन्द्रबिन्दु
0
Shares

जापानी विदेश मन्त्रालयले युक्रेनको अवस्थाको सम्बन्धमा रुस र बेलारुसविरुद्ध तेस्रो प्रतिबन्ध प्याकेजको विवरणहरू सार्वजनिक गरेको छ।

त्यसैगरि अन्य २० रुसी र १२ बेलारूसी नागरिकहरूविरुद्ध व्यक्तिगत प्रतिबन्धहरूसमेत लगाएको छ। साथै दुई थप रूसी र १२ बेलारूसी संगठनहरूविरुद्ध पनि प्रतिबन्ध लगाएको छ।

साथै सशस्त्र बलहरू, कानून प्रवर्तन एजेन्सीहरू र खुफिया संगठनहरूसहित बेलारूसी रक्षा मन्त्रालयको लागि निर्यात प्रतिबन्ध लगाइएको  छ। व्यक्तिगत प्रतिबन्धहरू विशेषगरि क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभ, चेचेन नेता रमजान कादिरोभ, व्यापारी बोरिस रोटेनबर्ग र अलीशेर उस्मानोभ र अन्यमाथि लगाइएको हो।

जापानले रुसलाई तेल प्रशोधन गर्ने उपकरण निर्यातमा पनि प्रतिबन्ध लगाएको जापानी विदेश मन्त्रालयले जनाएको छ।एजेन्सी

Logo