रुसविरुद्ध जंगल, मैदान र समुद्री किनारामा समेत लड्न तयार छौँ : जेलेन्स्की

रुसविरुद्ध जंगल, मैदान र समुद्री किनारामा समेत लड्न तयार छौँ : जेलेन्स्की

केन्द्रबिन्दु
0
Shares

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो देशले रुसविरुद्धको लडाइँ नछोड्ने बताएका छन्।

बेलायतको संसद हाउस अफ कमन्सलाई सम्बोधन गर्दै जेलेन्स्कीले युद्ध अन्त्य नहुने बेलासम्म युक्रेन रुसविरुद्ध लडिरहने प्रतिबद्धता जनाए। ‘हामीले आत्मसमर्पण गर्दैनौँ। हाम्रो भूमिका लागि निरन्तर लडिरहनेछौं ’ भिडियो सम्बोधनमा राष्ट्रपति जेलेन्स्कीले भने।

रुसविरुद्धको लडाइँमा आफूहरु जंगल, मैदान, समुद्री किनार र सडकबाट समेत लड्न तयार रहेको उनले बताए। जेलेन्स्कीले सम्बोधन गर्नुअघि बेलायतले सन् २०२२ को अन्त्यसम्म रुसी तेलको आयात नगर्ने बताएको थियो।एजेन्सी

Logo