‘उत्तर कोरियाले फेरि आणविक परीक्षण साइट मर्मत गर्यो’

‘उत्तर कोरियाले फेरि आणविक परीक्षण साइट मर्मत गर्यो’

केन्द्रबिन्दु
0
Shares

उत्तर कोरियाले बन्द आणविक परीक्षण साइट मर्मत गर्न थालेको अमेरिकी स्याटेलाइट कम्पनी म्याक्सर टेक्नोलोजीले सार्वजनिक गरेका तस्बिरहरूमा देखिन्छ। उत्तर कोरियाली नेता किम जोङ उनले सम्पूर्ण आणविक परीक्षण बन्द गर्ने बताएपछि सन् २०१८ मा पुन्गीरी क्षेत्र बन्द भएको थियो भने त्यसका केही भाग नस्ट गरिएको थियो ।

उत्तर कोरियाले आणविक हतियार र लामो दूरीको मिसाइलहरूको परीक्षण पुनः सुरु गर्न सक्ने अमेरिकी विश्लेषकहरूले भविष्यवाणी गरिरहेका बेला नयाँ स्याटलाइट तस्विर सार्वजनिक भएका हुन । तर, विश्लेषकहरूले पुन्गीरी परीक्षणको लागि तयार हुन वर्षौं लाग्न सक्ने बताउँछन् ।

पछिल्ला केही दिनमा नयाँ भवनको निर्माण, विद्यमान भवनको पुनर्निर्माण र काठ तथा आरोको धुलो जस्ता निर्माणका केही प्रारम्भिक संकेत स्याटलाईट तस्विरमा देखिएको जेम्स मार्टिन सेन्टर फर ननप्रोलिफरेसन स्टडिज (सीएनएस) ले जनाएको छ। उत्तर कोरियाले परीक्षण साइटको अवस्थाबारे केही निर्णय गरेको त्यहाँ भएका कार्यहरुले संकेत गरेको विश्लेषकहरुले बताएका छन्।एजेन्सी

Logo