भारतको विधानसभा चुनावमा मतपरिणाम आउने क्रम जारी

भारतको विधानसभा चुनावमा मतपरिणाम आउने क्रम जारी

केन्द्रबिन्दु
0
Shares

भारतको पाँच राज्यमा भएको विधानसभा निर्वाचनको मतगणना क्रम जारी रहेको छ । उत्तरप्रदेश, पञ्जाब, मणिपुर, गोवा र उत्तराखण्डमा मतगणना भइरहेको छ । उत्तराखण्ड, मनिपुर,गोवा र उत्तरप्रदेशमा भइरहेको मतगणनामा भारतीय जनता पाटी(बी.जे.पी) अग्रस्थानमा रहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

उत्तरप्रदेशमा ३७ वर्षपछि भारतीय जनता पार्टी पुनः सरकार बनाउने दाउमा रहेको छ । यो निर्वाचनमा उत्तर प्रदेशको नतिजालाई महत्वका साथ हेरिएको छ । पञ्जाबमा अरविन्द्र केजरिवालको  आम आदमी पार्टीले ९१ सिटमा अग्रता कायम गर्दै सरकार बनाउने निश्चित भएको छ । आम आदमी पार्टी खोलेको दश बर्षमै पञ्जाबमा बहुमतका साथ जीत हुने सुनिश्चित रहेको छ ।

यस्तै उत्तरप्रदेशमा भने भारतीय जनता पार्टी (बी.जे.पी)बहुमत प्राप्त गर्ने लगभग पक्का रहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । यस्तै, उत्तराखण्ड, गोवामा समेत बीजेपीको सरकार बन्ने लगभग निश्चित भएको छ । 

चुनावी प्रचारमा डोजर प्रयोग गरेका आदित्यनाथ युपीमा मुख्यमन्त्री बन्ने पक्का उत्तर प्रदेशमा बी.जे.पी अग्रस्थानमा रहेसँगै आदित्यनाथ मुख्यमन्त्रीमा फेरि हुने निश्चित भएको छ । डोजरलाई चुनावी अभियानमा प्रयोग पृथकरुपमा प्रस्तुत भएका आदित्यनाथ विधानसभा निर्वाचनमा मुख्यमन्त्री बन्ने पक्का भएको छ । भारतीय जनता पार्टीका आदित्यनाथले चुनावी दौडमा बुलडोजरलाई अगाडि सारेका थिए । 

योगी आदित्यनाथले चुनावमा बुलडोजरको प्रयोग एक अहम् भूमिका निर्वाह गर्न सक्ने कसैले पनि सोचेको थिएन । उत्तर प्रदेशमा भएको चुनावमा बुलडोजरले महत्वपूर्ण  भूमिका खेल्न सक्ने भनेर आँकलन गरेको थिएन । चुनावी र्याली जब भर्चुअलबाट फिजिकल हुन सुरु भयो तब बुलडोजर पनि देखिन थाल्यो । यसैसँगै मुख्यमन्त्री योगी आदित्यनाथलाई बुलडोजर बाबा भनिन सुरु गरियो । 

उत्तर प्रदेशको चुनावमा पक्ष विपक्षमा भाषण दिने नेताको चर्चा भयो । त्यो भन्दा पनि बढि चर्चा बुलडोजरकै भयो । बुलडोजर कतै लगाउन सुरु गरियो भने पनि त्यसलाई हेर्न रमिता नै लाग्ने गरेको छ । यद्यपी, उत्तर प्रदेशको निर्वाचनमा बुलडोजरको महत्वपूर्ण भूमिका हुन्छ भनेर कसैले सोचेको थिएन । मुख्यमन्त्री योगी आदित्यनाथले बुलडोजरलाई चुनावमा सुशासनको मानक मानेर  प्रयोग गरे । उनले आफ्नो पार्टीको  बुलडोजरमा आकर्षित ब्यानर र लोगो राखे । उनले आफ्नो भाषणका क्रममा भने, बुलडोजर हाइवे पनि बनाउँछ, बाढी रोक्न पनि मद्दत गर्दछ। 

साथै, अवैद्यरुपमा कब्जा गर्नेलाई मुक्तसमेत गराउँदछ । यस्तै, चुनावी र्यालीमा बाबाका बुलडोजर ब्यानरसमेत बनाइयो । चुनावका क्रममा आदित्यनाथले प्रयोग गरेको बुलडोजरसमेत अग्नि परीक्षाका रुपमा रहेको थियो । सन् २०१७ मा मुख्यमन्त्री योगी आदित्यनाथले माफियाका अवैध सम्पत्तिमा बुलडोजर नीति घोषणा गरेका थिए । 

Logo