राजधानी किभ नजिकै पुग्यो रुसी सेना

राजधानी किभ नजिकै पुग्यो रुसी सेना

केन्द्रबिन्दु
0
Shares

किभ-रुसी सेनाले युक्रेनको उत्तर पश्चिममा तीव्र हमला गरेको विवरण सार्वजनिक भएको छ । रुसी फौज राजधानी किभबाट केबल २५ किलोमिटरको दूरीमा रहेका छन् । 

पश्चिममा लिभभदेखि सुमीको उत्तर पूर्व क्षेत्रसम्म रुसी सेनाहरू अगाडि बढ्दा युक्रेनका अन्य धेरै शहरहरूमा रातभर साइरनहरू सुनिएको बताइएको छ । दक्षिणी सहर मारिओपोलमा रुसी सेनाले सर्वसाधारणलाई सुरक्षित क्षेत्रतर्फ लैजान पुन अवरोध गरेको युक्रेनी सेनाले आरोप लगाएको छ ।युक्रेनमा रुसले २४ फेब्रुवरीदेखि हमला गरिरहेको छ । 

Logo